प्रतिनिधिसभा विघटन दुःखद्ः नेता शर्मा

१७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रियसभा दलका नेता दीनानाथ शर्माले पार्टी विवादका कारण प्रतिनिधिसभा विघटन हुनु दुःखद् भएको बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको राष्ट्रियसभा, हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै शर्माले दलभित्रको द्वन्द्वको असर जनप्रतिनिधिमूलक संस्थामा पर्नु राम्रो नहुने बताए ।

सत्तारुढ पार्टी नेकपा विभाजन नजिक पुगेको र यो आफ्नो राजनीतिक इतिहासको अहिलेसम्मको दुःखद् अनुभव भएको बताए ।

याे पनि

प्रतिनिधिसभा विघटनपछिको पहिलो राष्ट्रियसभा बैठक शुरु

प्रकाशित मिति : २०७७ पुष १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस