२३पुष,रोल्पा । रोल्पाको सुलिचौरमा सुनिलस्मृति साहित्य महोत्सवको तयारी पुरा भएको छ।

जिएम मुभिजको आयोजना र सुनिलस्मृति गाउँपालिको आर्थिक सहयोगमा कार्यक्रम हुन लागेको हो।

आगामी शनिबार र आइतबार धनलक्ष्मीको ग्राउण्डमा हुन लागेको कार्यक्रमलाई पूर्वसभामुख कृष्णबहादुर महराले उद्घाटन गर्न लागेका छन्। कार्यक्रममा माओवादी नेताहरु जोखबहादुर महरा र झक्कुप्रसाद सुवेदीको समेत विशेष उपस्थिति रहने आयोजकले बताएको छ ।

आयोजकका अनुसार कार्यक्रममा १० वटा बहसका शेषणहरु सञ्चालन हुनेछन्।

त्यसैगरी देशका विभिन्न जिल्लाबाट आएका कविहरुले कविता वाचन गर्नेछन्। भने चौथो आयाम, काठमाडौँका थियटर कलाकारहरुले नाटक समेत प्रस्तुत गर्ने कार्यक्रम मुल आयोजक समितिका सदस्य दिलिप कुवँरले जानकारी दिएका छन्।