युट्युबमा ‘ छ माया छपक्कै’

७माघ,काठमाडौँ । गतबर्षको दशैंमा रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’ युटुबमा रिलिज गरिएको छ ।

दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको फिल्मलाई बुधवार युट्युबमा रिलिज गरिएको हो ।

फिल्म निर्माणकै सदस्य केदार घिमिरे ‘माग्ने बुढा’ को यूट्युब च्यानल आमा अग्नी कुमारी मिडियाबाट सार्वजनिक भएको फिल्म घरेलु बक्सअफिसमा ब्लकबष्टर सावित भएको थियो ।

रोहित अधिकारीले निर्माण गरेको यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । फिल्मले उठाएको विषयवस्तुको दर्शकहरुले प्रसंसा गरिरहेका छन् ।

हरी हुमागाईंले खिचेको फिल्ममा राजनीतिक द्वन्द्वको बीचमा पलाएको प्रेम र प्रेमले राजनीतिमा पारेको प्रभावलाई देखाइएकोे छ ।

फिल्ममा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे , केकी अधिकारी, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शरदा गिरी, विष्णु सापकोटा, अनुराग कुँवर, दीपक क्षेत्रीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रकाशित मिति : २०७७ माघ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस