विवाह बन्धनमा बाँधिए मुख्यमन्त्री राई

तस्बिर सौजन्य : ध्रुव सुवेदी

११ माघ, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् । उनले जाङ्मु शेर्पासँग विवाह गरेका हुन् ।

आइतबार काठमाडौंस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा नेकपाका सीमित नेता र आफन्त सहभागी थिए । ४९ वर्षका बेहुला र २३ वर्षकी बेहुली किराती समुदायको परम्परागत भेषभुषामा सजिएका थिए ।

राईको पुख्यौंली घर भोजपुर हो भने शेर्पाको संखुवासभा हो । काठमाडौंमा हुर्केबढेकी शेर्पाको आमाबाबु हाल अमेरिकामा बस्दै आएका छन् ।

प्रकाशित मिति : २०७७ माघ ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस