वरुणले गरे विवाह

१२माघ,काठमाडौँ । डेब्यु फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मार्फत नै दर्शक माँझ नोटिस भएका वरुण धवनले विवाह गरेका छन् ।

उनले जनवरी २४ मा कलेज लाइफ देखिकै प्रेमिका नताशा दलालसँग विवाह गरेका हुन् ।

विवाह बारे वरुणले नै सामाजिक सञ्जाल मार्फत जानकारी दिएका थिए । वरुणले विवाहमा सिमित बलिउडकर्मीलाई मात्र निम्त्याएका थिए ।

पारिवारिक जमघट र सिमित बलिउडकर्मीको उपस्थिति विवाह गरेका वरुणले आफ्नो तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : २०७७ माघ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस