रोल्पा । रोल्पा नगरपालिकाले युवा विद्यार्थीका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा संञ्चालन गरेको छ ।
नायवसुब्वा र खरिदारको निःशुल्क तयारी कक्षाको सोमबार रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्तीले उद्घाटन गरेको हुन् ।
लोकसेवा आयोगमा युवाहरुको पहुँच बढाउन र सकारात्मक भावनाको विकास गराइ स्वदेशमै रोजगारी सिर्जना गर्ने उदेश्यले तयारी कक्षा सञ्चालन गरेको रोल्पा नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले १२० जना विद्यार्थीलाई नायव सुव्वा र खरिदार पदको तयारीका लागि निःशुल्क तीन महिने कक्षा संचालन गरेको हो ।
जिल्लामै निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन भएसँगै आर्थिक अभावका कारण दाङ, बुटवल, काठमाडौँ, लगायतका सहर पढन नसकेका विद्यार्थीहरु खुसी भएका छन् ।
प्रकाशित मिति : २०८० माघ १५ गते सोमवार