२४ कार्तिक, रोल्पा । मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस जलजला बहुमुखी क्याम्पस रोल्पाको क्याम्पस प्रमुखमा श्यामबहादुर बुढामगर नियुक्त भएका छन् ।
मध्यपश्चिमाञ्चल विश्व विद्यालयले बुढामगरलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । क्याम्पस प्रमुखका लागि ६ जनाको आवेदन परेकामा बुढामगर क्याम्पस प्रमुखमा नियुक्त भएका हुन ।
रोल्पाको परिवर्तन गाउँपालिकाका वडा नम्बर ६ का बुढामगरले २०६९ माघ १५ देखि जलजला क्याम्पसमा अध्यापन गराउँदै आएका छन । उनी मानविकी तथा सामाजिक शास्त्र सङ्काय तर्फ नेपाली विषयको उपप्राध्यापक हुन ।
नवनियुक्त क्याम्पस प्रमुख बुढामगरले एक कार्यक्रम बीच क्याम्पसमा पदभार ग्रहण गरेका छन् । क्याम्पस प्रमुखमा नियुक्त बुढामगरले पदभार ग्रहण गर्दै क्याम्पसको शैक्षिक गुणस्तर विकासका लागि आफ्नो ध्यान केन्द्रीत हुने बताएका छन् । उनले भने सबैसँग सहकार्य गरेर समग्र क्याम्पसको विकास र शैक्षिक गुणस्तर सुधारका लागि योजना बनाएर अगाडि बढ्ने बताए ।
नवनियुक्त क्याम्पस प्रमुख बुढामगरलाई निवर्तमान क्याम्पस प्रमुख खिमबहादुर खड्का र क्याम्पसका उपप्रध्यापक लगायत स्वतन्त्र विद्यार्थी युनियनले बधाईसहित स्वागत गरेको थियो ।


