२४ कार्तिक, रोल्पा । जलजला बहुमुखी क्याम्पस रोल्पाका नवनियुक्त क्याम्पस प्रमुखमा श्यामबहादुर बुढामगरले पदभार ग्रहण गरेका छन् । जलजला क्याम्पसमा आयोजित एक कार्यक्रमका बीच बुढामगरले पदभार ग्रहण गरेका हुन ।
क्याम्पस प्रमुखमा नियुक्त बुढामगरले पदभार ग्रहण गर्दै क्याम्पसको शैक्षिक गुणस्तर विकासका लागि आफ्नो ध्यान केन्द्रीत हुने बताएका छन् । उनले भने सबैसँग सहकार्य गरेर समग्र क्याम्पसको विकास र शैक्षिक गुणस्तर सुधारका लागि योजना बनाएर अगाडि बढ्ने बताए ।
रोल्पाको परिवर्तन गाउँपालिकाका वडा नम्बर ६ का बुढामगरले २०६९ माघ १५ देखि जलजला क्याम्पसमा अध्यापन गराउँदै आएका छन । उनी मानविकी तथा सामाजिक शास्त्र सङ्काय तर्फ नेपाली विषयको उपप्राध्यापक हुन ।
नवनियुक्त क्याम्पस प्रमुख बुढामगरलाई निवर्तमान क्याम्पस प्रमुख खिमबहादुर खड्का र क्याम्पसका उपप्रध्यापक लगायत स्वतन्त्र विद्यार्थी युनियनले बधाईसहित स्वागत गरेको थियो ।


