भागरथी भट्ट हत्याको गम्भीर छानबिन गर: पौडेल

२५ माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले बैतडीको दोगडाकेदार गाउँपालिका–७ कि १७ वर्षकी भागरथी भट्टको हत्याको घटनाको गम्भीर छानबिन गर्न माग गरेको छ ।

आइतबार उपाध्यक्ष दुर्गा पौडेलले विज्ञप्ति निकालेर भागरथी हत्याको घटना निर्मला पन्तको जस्तै हुने त होइन भन्ने आशंका पैदा भएको भन्दै गम्भीर छानबिनको माग गरेकी हुन् ।

भट्टको शव माघ २२ गते शरीरभरी निलडाम र लगाएका कपडा च्यातिएको अवस्थामा जंगलमा भेटिनुले हत्या पाशविक भएको राष्ट्रिय जनमोर्चाले बताएको छ ।

निर्मला पन्तको बलात्कार र हत्याका अपराधीहरुलाई २ वर्षसम्म कारवाही गर्न नसक्नुले सरकार बलात्कार र हत्याका घटनामा उदासिन रहेको पनि राजमोले बताएको छ ।

यस्तो छ, वक्तव्य

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया बालिका भागरथी भट्टको बलात्कारपछि निर्मम र पाशविक ढंगले हत्या गरिएको छ । भट्टको शव माघ २२ गते शरीरभरी निलडाम र लगाएका कपडा च्यातिएको अवस्थामा जंगलमा भेटिएको थियो । हत्या गरिएको स्थानमा घिसारिएकोले घटना कति धेरै पाशविक थियो भन्ने कुरा प्रष्ट हुन्छ ।

निर्मला पन्तको बलात्कार र हत्याका अपराधीहरुलाई २ वर्षसम्म कारवाही गर्न नसक्नुले सरकार बलात्कार र हत्याका घटनामा उदासिन रहेको देखिएको छ । भागरथी भट्टको पनि निर्मला पन्तको घटना जस्तै कारवाही हुन नसक्ने अवस्था सिर्जना हुने त होइन भन्ने आशंका पैदा भएको छ । गम्भीर ढंगले घटनाको छानविन गर्न माग गर्दछौं ।

भागरथी भट्टका बलात्कारी र हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न र परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्दछौं । हाम्रो पार्टीको तर्फबाट भागरथी भट्टप्रति हार्दिक श्रद्धाञ्जली अर्पर्ण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौ ।
२०७७ माघ २५ गते

दुर्गा पौडेल
उपाध्यक्ष तथा प्रवक्ता

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस