२५माघ, काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सात जना नेता तथा कार्यकर्तालाई प्रहरीले माइतीघर मण्डलाबाट गिरफ्तार गरेको छ ।

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गरिएको विरोधमा धर्नामा बसेका जनमोर्चाका नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो ।

गिरफ्तारमा पर्नेमा अखिल छैठौँका अध्यक्ष विमल पोखरेल, सचिव सुवास जिसी, केन्द्रीय सदस्य प्रतिभा आचार्य, विवेक जिसी, राष्ट्रिय परिषद् सदस्य सुमन पौडेल र काठमाडौं जिल्ला उपाध्यक्ष ध्रुव बस्याल छन् ।

त्यस्तै, राष्ट्रिय जनमोर्चाकी गण्डगी प्रदेश संसाद पियारी थापालाई पनि प्रहरीले गिरफ्तार गरेको अखिल छैठौँका अध्यक्ष पोखरेलले जानकारी दिए ।

उनीहरूलाई महानगरीय प्रहरी वृत्त सिहंदरबारमा राखिएको छ । बलात्कारमा संलग्नलाई कारबाहीको माग गर्दै उनीहरू धर्नामा बसेका थिए ।