थबाङ्गी समाजद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग

३० माघ, घोराही । मृगौला पीडित घोराही–१८ फुर्सेखाली, गिठेपानी निवासी प्रेम पुनलाई थबाङ्गी समाज सेवा समिति घोराहीले शुक्रबार आर्थिक रकम हस्तान्तरण गरेको छ । समाजका अध्यक्ष कुमार घर्तीमगर र सल्लाहकार सतबहादुर रोकामगरले एक लाख ६९ हजार दुई सय ६६ रुपैयाँ नगद पुनलाई हस्तान्तरण गर्नुभएको थियो । थप सहयोगका लागि सबै समक्ष अपिलसमेत गर्नुभयो ।

उक्त रकम युकेमा रहनुभएका ओमप्रकाश रोकामगरको नेतृत्वमा ८९ हजार २ सय ६६ रुपैयाँ, साउदीबाट धन झाँक्रीमगरको नेतृत्वमा ७० हजार र समाजले आफ्नो तर्फबाट थप १० हजार रकम उपलब्ध गराएको अध्यक्ष रोकामगरले जानकारी दिनुभयो ।

विगत लामो समयदेखि दुवै मृगौला फेल भइ पुन लमहीमा डाइलासिस गराउँदै आउनुभएको छ । उहाँले हप्ताको दुईदिन लमही जाँदाआउँदा मासिक १६ देखि २० हजार खर्च लाग्ने बताउनुभयो । उक्त कार्यक्रमको सहजीकरण समाजका सचिव महेन्द्रकुमार बुढाले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस