आज ‘भ्यालेन्टाइन डे’

२फागुन,काठमाडौं । आज नेपालसहित विश्वभर ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस मनाइँदै छ ।

यो दिवस नेपालमा पछिल्लो केही समयदेखि मनाउने चलन सुरु भएको हो ।

यो दिवस मनाउन युवा वर्ग बढी उत्साहित हुने गरेको देन्छि । अझ भनौँ युवावर्गले यसलाई उत्सवकै रुपमा मनाउने गरेका छन् ।

यस दिन प्रेमी–प्रेमिकाले एकार्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने गरिन्छ ।

आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्तावसमेत राख्ने गरिन्छ ।

यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ ।

तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे ।

उनको बुझाइ थियो ९अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् ।

त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई।

पू.२७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २ गते आइतवार
प्रतिक्रिया दिनुहोस