
६फागुन,रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ सुलिचौरले शिक्षण सिकाइ कुना कार्यक्रम अन्र्तगत विद्यार्थीहरुलाई कुर्ची र टेबल वितरण गरेको छ।
विद्यार्थीहरुको पढाइमा सुधार गर्ने भन्दै प्रत्येक विद्यार्थीका घरमा कुर्ची, टेबल दिइएको हो ।
विद्यालयबाट विद्यार्थीहरु घरमा फर्कीसकेपछि, विद्यार्थीलाई घरमै सहज रुपमा पढ्ने वातारण बनाउनको लागि शिक्षण सिकाइ कुना कार्यक्रम अन्र्तगत कुर्ची र टेबल वितरण गरेको सुनिलस्मृति—४का वडा अध्यक्ष गन्जबहादुर क्षेत्रीले बताएका छन् ।
वडा भित्र सञ्चालित ३ सामुदायिक विद्यालयमा अध्ययनरत १३६ जना विद्यार्थीलाई कुर्ची, टेबल घरमै दिएको वडा अध्यक्ष क्षेत्रीले बताए ।
हालसम्म वडाले करिब ४३७ सय विद्यार्थीहरुलाई कुर्ची, टेवल वितरण गरीसकेको छ ।
प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार