कङकङ चिल सात वर्षपछि नेपालमा

९फागुन, काठमाडौँ । कङकङ चिल सात वर्षपछि नेपाल आएको छ ।

सन् २०१३ मा देखिएको यो चिल सात वर्षपछि नेपालमा देखिएको हो । पृथ्वीको उत्तरी भूभाग चीनलगायतका देशमा रमाउने कङकङ चिललाई ह्वाइट टेल इगल भनिन्छ ।

सिकारी चराविद् डा. तुलसी सुवेदीले जाडो छल्न बसाइँसराइ गरेर नेपाल आउने क्रममा अन्नपूर्ण क्षेत्रको ठूलो खर्कमा यो चिल भेटिएको बताए ।

उनले भदौपछि बसाइँसराइ गरेर नेपाल आउने सिकारी चरामध्ये दुर्लभ मानिने यो चरा विगत सात वर्षसम्म भने नेपालमा नभेटिएको जानकारी दिए ।

उनका अनुसार यस पटक पनि जम्मा एउटा मात्र कङकङ चिल बसाइँ सरेर नेपाल आएको होध्र हिमाली भेगमा जाडो बढेपछि तल झर्ने यो चिल नेपालको पहाडी भेगको सिमसार क्षेत्रमा रमाउने गर्छ । सन् २०१३ अघि पनि थोरै सङ्ख्यामा आउने गरेको थिया । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस