
फाइल फाेटाे
११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सर्वोच्च अदालतको फैसलाले राजनीतिक समस्या समाधान नगर्ने बताएका छन् ।
नेकपा ओली समूहका नेता समेत रहेका नेता रिमालले संसद पुनस्र्थापना सम्बन्धी फैसला भने मान्ने संकेत गरेका छन् ।
‘प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको फैसला सबैले मान्नुपर्छ’ रिमालले ट्विटरमा लेखेका छन्, ‘यद्यपि यस फैसलाले जारी राजनीतिक समस्या भने हल गर्दैन ।’
प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार