निर्देशक अनिरुद्धसँग विवाह गर्दै अभिनेत्री कीर्ति

१२फागुन, काठमाडौँ । दक्षिण भारतिय चलचित्र क्षेत्रकी अभिनेत्री कीर्ती सुरेशले अनिरुद्ध रविचन्दरसँग विवाह गर्न लागेकी छन्।

अनिरुद्ध रविचन्दर म्युजिक भिडियो निर्देशक हुन्। अभिनेत्री कीर्ती र अनिरुद्ध लामो समय देखि प्रेममा थिए। रेमो, थाना सेरधाकुटम र अगयाथवसी जस्ता चलचित्रमा सँगै काम गरेका कीर्ती र अनिरुद्धले विवाहको मिती भने तोकेका छैनन्।

चलचित्रमा सँगै काम गर्दागर्दै कीर्ती र अनिरुद्ध प्रेममा परेका हुन्। कीर्तीले तमिल, तेलगु र मलयालम भाषा गरी थुप्रै चलचित्रमा काम गरिसकेकी छन्। कीर्तीको फ्यान फ्लोइङ पनि राम्रै छ।

कीर्तीले अब सुपरस्टार महेश बाबुसँग ‘सरकारु वारी पाटा’मा सँगै काम गर्न लागेकी छन्।

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस