पल शाहले माफी नमागे प्रदेश १ मा चलचित्र चल्न नदिने चेतावनी

१४फागुन,काठमाडौँ । चर्चित मोडल तथा नायक पल शाहले माफी नमागे उनी अभिनित चलचित्र प्रदेश १ मा चल्न नदिने पीडित अरुण प्रधानले चेतावनी दिएका छन्।

चलचित्रकर्मी महासङ्घ प्रदेश १ का अध्यक्ष प्रधानले आफूमाथि दुव्र्यवहार गर्ने पल शाहले माफी नमागे उनी अभिनित चलचित्र प्रदेश १ मा चल्न नदिने बताएका हुन्।

उनले पल शाह र उनका सहयोगीले माफी माग्नुपर्छ, प्रधानले भने।

बिहीबार आफूमाथि कुटपिट भएपछि प्रधानले पल शाह र उनका सहयोगी कृष्णप्रसाद जोसीविरुद्ध उजुरी दिएका छन्।

प्रहरी कार्यालयले शुक्रबार दिउँसो छलफलका लागि बोलाएको छ। माफी नमागे कानुनअनुसार प्रक्रिया अघि बढाउने र शाहद्वारा अभिनित चलचित्र प्रदर्शन रोक्ने उनले बताए।

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस