कोरानाका कारण राेल्पाका होमस्टे सञ्चालकहरु समस्यामा

१६फागुन, रोल्पा । रोल्पा नगरपालिका वडा नं. ४ मा रहेको गुरुङगाउँ सामुदायिक होमस्टे कोरोना महामारीसँगै १ वर्षदेखि बन्द रहेको छ । सामुदायिक होमस्टे कोरोनाका कारण बन्द भएपछि होमस्टे सञ्चालकहरु समस्यामा परेका छन् ।

होमस्टेबाट राम्रो आयआर्जन गरिरहेका उनीहरु अहिले समस्यामा परेको बताउँछन् । स्थानीय उत्पादनहरु पनि खपत् नहुने र होमस्टे व्यवसाय समेत अनिश्चित बनेपछि समस्यामा परेको गुरुङगाउँ सामुदायिक होमस्टेका अध्यक्ष हरिजङ गुरुङले बताए ।

कोरोनाका कारण होमस्टे सञ्चालन मात्र हैन, खपत हुने देखेपछि अर्गानिक उत्पादनमा चासो दिइरहेका स्थानीयलाई समेत समस्या परेको छ । गाउँ माउत्पादित बस्तुहरु विक्रि नहुनुका साथै स्थानीय कला संस्कृति र पर्यटन प्रवद्र्धनमा समेत नोक्सान भएको स्थानीय युवाहरु बताउँछन् । होमस्टेबाट आम्दानी गरिरहेको भएपनि बन्द हुँदा अहिले समस्यामा परेको होमस्टे सञ्चालक प्रविण गुरुङको भनाई छ ।

होमस्टे सञ्चालन भएदेखि कला सँस्कृति देखाउने र बेरोजगारले रोजगार पाएको बताए । कोरोना भाइरसका कारण सबै कुरा ठप्प रहको उनको भनाई छ । कारोना भाइरस हटेसँगै पुनः होमस्टे सञ्चालन हुनेमा आशाबादी सञ्चालकहरु रहेका छन् ।

२०७० सालमा स्थापना गरिएको यो होमस्टेका लागि गतवर्ष छुट्याइएको रकम समेत खर्च हुन सकेन । ५ घरबाट सञ्चालन थालिएको होमस्टे गत वर्षको बजेटबाट २० घर पु¥याउने लक्ष्य थियो । तर कोरोनाका कारण ती काम पनि हुन सकेन् ।

होमस्टे सञ्चालनका लागि तालिम, भ्रमण, होमस्टे व्यवस्थापन आदिका लागि प्रदेश र स्थानीय तहले छुट्याएको बजेट खर्च हुन नसकेको अध्यक्ष गुरुङले बताए ।

कोरोनाका कारण अस्तव्यस्त जनजीवनलाई साविकको अवस्थामा फर्काउन अझै समय लाग्ने देखिए पनि होमस्टे सञ्चालकले भने यही अवस्थामा पनि होमस्टे सञ्चालनका लागि छलफल थालेको छ । अन्य व्यवसाय विस्तारै पुरानै लयमा फर्किरहेको अवस्थामा होमस्टे पनि सञ्चालन हुनुपर्ने होमस्टे सञ्चालकका अध्यक्ष गुरुङ बताउँछन् ।

जिल्ला सदरमुकाम लिबाङ नजिकै रहेको गुरुङगाउँ सामुदायिक होमस्टेमा आन्तरिक पर्यटकका साथै सदरमुकाममा हुने विभिन्नका कार्यक्रमहरु समेत होमस्टेमा गरेका थिए । जसका कारण स्थानीयले रोजगार पाएका थिए ।

वनभोज, तालिम तथा संस्थाका सभाहरु हुँदा निकै चहलपहल देखिने होमस्टे अहिले भने सुनसान छ । पर्यटन प्रवद्र्धनको बहुआयामिक क्षेत्र होमस्टेलाई पुनः सञ्चालन गर्नुपर्ने स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस