प्यूठानमा सुत्केरीको मृत्यु

१६फागुन, प्यूठान। प्यूठानमा एक सुत्केरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा झिमरुक गाउँपालिका–७ तुसाराकी २४ वर्षीया अनिसा रहेकी छन्।

ती महिलाको गत बिहीबार शल्यक्रिया गरिएको थियो। स्वास्थ्यमा थप समस्या आएपछि शनिबार साँझ पुनःशल्यक्रिया गरिएको थियो।

शल्यक्रियापछि पनि समस्या बढ्दै गएपछि उनलाई एमसीको उपचारका लागि बुटवल लैजाने क्रममा आज बिहान बाटोमै मृत्यु भएको प्यूठान अस्पतालका निमित्त प्रमुख खिम पार्धेले जानकारी दिए।

सुत्केरीको शव सोही अस्पतालमा रहेको उनले बताए। नवजात शिशु सकुशल रहेको र आफन्तको जिम्मा लगाइएको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस