स्थानीय तहमा विकास खर्च बढाऔं

आर्थिक वर्ष सकिन अव ४ महिनामा मात्र बाँकी छ । तर, जिल्लाकका स्थानीय तहको विकास खर्च भने एक चौथाई पनि हुन सकेको छैन् । रोल्पा नगरपालिकाको ८ औ नगरसभा फागुन १० गते सम्पन्न भयो । टोटल पुँजिगत बजेट २६ करोड ८६ लाख ४४ हजार मध्ये ३ करोड ५४ लाख मात्र खर्च भएको देखाइएको छ । यो एक चौथाई भन्दा पनि कम रहेको छ । जिल्लाभरका स्थानीय तहले अहिलेसम्म एक चौथाई बजेट खर्च गर्न नसक्नु पक्कै राम्रो विषय होइन । केन्द्र र प्रदेश सरकारमा जस्तै स्थानीय तहमा पनि विकास बजेट खर्च हुन नसक्ने रोग आएको छ ।

सुरुका वर्षहरुमा स्थानीय तहहरुले आफ्नो कार्यालयमा कर्मचारी अभाव देखाएर विकास निर्माणका काममा ढिलाई भएको र विकास बजेट खर्चमा कम देखिएको बताउने गरेका थिए । तर, पछिल्लो समय अवस्था त्यस्तो छैन् । किन भने स्थानीय तहले कर्मचारी अभाव देखाउँदैँ आफ्नो मनोमानी ढंगले करारमा आवश्यकता भन्दा बढी कर्मचारी भर्ना गरेका छन् । भने, लोक सेवा आयोगले पनि दरवन्दी अनुसारको कर्मचारी पुर्णरुपमा पाठाइसकेको छ । अहिले कुनै–कुनै स्थानीय तहमा त, आवश्यकता भन्दा बढी कर्मचारी भएको गुनासो समेत छ । तर, विकास निर्माणका कामले भने गति लिन सकेका छैनन् । पुरानै अवस्थाबाट स्थानीय तह गुज्रि रहेका छन् ।

८ महिनामा खर्च हुन नसकेको बजेट अवको ४ महिनामा ३ चौथाईभन्दा बढी बजेट खर्च हुने छ । यो भन्दा अगाडिका वर्षहरुमा जस्तै, यो वर्ष पनि एउटै कार्यालयबाट करोड रुपैयाँ एकै दिनमा भुक्तानी हुने निश्चित छ । स्थानीय तहमा कुसल प्रशासक र सक्षम नेतृत्वको आवश्यक रहेको यसले देखाएको छ । किन भने पहिले एउटा आरोप कर्मचारीलाई लाग्ने गरेको थियो ।

जनप्रतिनिधि नहुँदा कर्मचारीले कामै गर्दैनन् । र गरेको काम पनि आफ्नो मनोमानी ढंगले गर्छन् भन्ने । तर, स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि पनि उक्त बेथा हटाउन सकेका छैनन् । ८ महिनाको अन्तरालमा आधा पनि विकास बजेट खर्च नहुँनु दुःखद् हो । किन भने अवको ४ महिनामा ठुलो रकम खर्च हुने छ । र त्यसको गुणस्तरीयतामा पनि कमि हुने निश्चित जस्तै छ । आर्थिक वर्षको अन्त्यमा काम गर्ने र सम्वन्धीत निकायको अनुगमन पनि फितलो हुने गरेको छ । आर्थिक वर्षको अन्त्यमा कामको चाप बढेसँगै नियमनको पाटो सधै नै कमजोर रहेको सत्य सावित भई नै सकेको छ । आर्थिक वर्षको अन्त्यमा हुने विकास निर्माणको काममा तदारुकताका साथ अगाडि नै सञ्चालन गर्न आवश्यक छ ।

आर्थिक वर्षको अन्त्यमा विकास निर्माणका काम हुने र काम गुणस्तरीय नभएपनि त्यसको विल भरपाई पुर्णरुमाप पास भई आयोजनामा तोकिए अनुसारकै रकम भुत्तानि हुँदै आएको छ । यसले पनि उपभोत्ता समितिहरुलाई काम ढिलाई गर्नमा प्रेरित गरिरहेको छ । कामको गुणस्तरीयतालाई ध्यान दिएर विकास निर्माणको भुक्तानी दिन पनि अहिलेको आवश्यकता हो । काम जस्तो र जहिले गरेपनि आयोजनामा तोकिए अुनसारकै भुक्तानी पाइन्छ भन्ने मनोवृद्धिमा विकास निर्माणमा संलग्न भएका समितिहरु रहेका छन् । यस्तो कार्यको अन्त्य नहुँदासम्म अर्थिक वर्षको अन्त्यमा काम हुने प्रवृतिको अन्त्य हुने छैन् । त्यसैले कामको गुणस्तरीयता हेरेर मात्रै विकास निर्माणको पैसा भुत्तानी गर्न आवश्यक छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस