सुनिलस्मृति-४ द्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

१९फागुन, रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नम्बर–४ सुलिचाैरले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

‘शिक्षामा ४ नम्बर वडाको कदर, विद्यालयमा भर्ना हुने विद्यार्थीको लहर’ भन्ने मुलनाराका साथ वडा भित्र सञ्चालित ४ सामुदायिक विद्यालयका कक्षा १ का एक सय ५४ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी १ जोर विद्यालय पोशाक, १ झोला, १/१ दर्जन शिशिा कलम/कापी वितरण गरिएको हो ।

विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक लगायतको सहभागितामा शैक्षिक सामग्री वितरण गरिएको वडा नम्बर ४ ले बताएको छ । वडामा सूर्योदय मा.वि. सुलिचौर, जनता आधारभुत निम्न माध्यमिक विद्यालय कोईरालखर्क, सरस्वती प्रा.वि. बाग्मा र बराहक्षेत्र प्रा.वि. धनचौर गरि ४ वटा सामुदायिक विद्यालय रहेका छन् ।

गरिविका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन्नपरोस् भन्ने उदेश्यले शैक्षिक सामग्री वितरण गरिएको सुनिलस्मृति–४ का वडा अध्यक्ष गन्जबहादुर क्षेत्रीले बताएका छन् ।

धेरै बालबालिकाहरु विद्यालय बाहिर रहेको पाइएपछि, बालबालिकाहरुलाई शिक्षाको पहुँमा ल्याउनको लागि वडाले शैक्षिक सामग्री वितरण गरेको उनको भनाई छ ।

सार्थै वडाले सबै विद्यालयमा स्वास्थ्य खानेपानी उपलब्ध गराउने उदेश्यले पानी सुधिकरण गर्ने उपकरण, खेलकुदका सामग्री पनि वितरण गरिएको उनले बताए ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस