‘दर्पणछाँया पछि’बाट कम ब्याक हुँदै निरुता

४चैत्र,काठमाडौँ । पछिल्लो समय मुम्बई बस्दै आएकी नेपाली अभिनेत्री निरुता सिंहले नयाँ नेपाली चलचित्रको तयारी गरिरहेकी छन्।

केही दिन अगाडि आयोजना भएको १० औं नेफ्टा अवार्डमा सहभागी हुन नेपाल आएकी उनले फिल्म ‘दर्पणछाँया पछि’को लागि तयारीमा छिन्। अभिनेता उत्तम प्रधानको निर्देशन रहने फिल्ममा निरुताको अलवा दीलिप रायमाझीको पनि मुख्य भूमिका रहनेछ।

एक समय हिट फिल्म दिएकी निरुता १२ वर्षपछि ‘नाईं नभन्नू ल ५’ बाट अभिनयमा फर्किएकी थिइन्। त्यसपछि ‘दाल भात तरकारी’ अभिनय गरेकी उनले ‘दर्पण छायाँपछि’ फिल्म अभिनयमा आफ्नो वास्तविक कम ब्याक हुने बताउँदै आएकी छन्।

प्रकाशित मिति : २०७७ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस