दीपक–दीपाको होली गीत ‘धनियाँ के होली’ सार्वजनिक (भिडियाे सहित)

८ चैत्र,काठमाडाैँ । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकाे होली गीत ‘धनियाँ के होली’ सार्वजनिक भएको छ।

शनिबार ‘छक्का पन्ज मिडिया’को युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो।

सुमित खड्का र दीपाश्री निरौलाको रहेको गीतको लय तथा शब्द दीप नारायण राजवंशीले लेखेका हुन्।

गीतको भिडियोमा दीपाश्री निरौला, दिपकराज गिरी, केदारप्रसाद घिमिरे, किरण के.सी, शिवहरि पौडेल, जयनन्द लामा, रवि डंगोल लागायतका कालाकारको अभिनय रहेको छ।

https://youtu.be/9T-LgBMqx3M

प्रकाशित मिति : २०७७ चैत्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस