प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ। आजको बैठकले कोरोना रोकथामका लागि कदम चाल्न आवश्यक निर्णय लिन सक्ने स्रोतको भनाइ छ। फागुन १८ गतेपछि पहिलोपटक प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्‍को बैठक बोलाएका हुन्।

प्रकाशित मिति : २०७६ चैत्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस