९चैत्र,काठमाडौँ । चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ। उनले अभिनय गरेका चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ।
चलचित्र ‘आमा’ को लागि उनले कपाल खौरिएको बताएकी थिइन्। एउटा पात्रको लागि यस्तो मेहनत गर्ने नेपाली कलाकारको सङ्ख्या न्यून छ। पात्रमा बाँचेपछि त्यसको भोगाइलाई पनि अपनाउनुपर्नेछ।
‘मैले काम गर्दा पात्रको सुख र दुःख दुवैलाई महसुस गर्ने गरेकीछुु, अभिनेत्री पन्तले भनिन्, म विधिमार्फत पात्रमा बाँच्ने कोसिश गर्छु। यसै महिना अभिनेत्री पन्तको दुई चलचित्र ‘बहाव’ र ‘बुलाकी’ प्रदर्शन हुँदैछ।