नीताको निर्देशनमा हरिहरको कार्यक्रम

१३चैत्र,काठमाडाैँ ।  अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारीले ल्याउन लागेको नयाँ शो ‘द हरिहर अधिकारी शो’को निर्देशन अभिनेत्री नीता ढुंगानाले गर्ने भएकी छन्।

सेलिब्रेटीका वर्तमान र भविष्यको चर्चा गरिने शोमा रेखा थापा, कोमल ओली लगायत अतिथी लिएर केही भाग छायाँकन भैसकेका छन्, जसको निर्देशन नीताले गरेकी हुन्।

लामो समयदेखि कान्तिपुर टेलिभिजनमा ‘मार्गदर्शन’ कार्यक्रम सन्चालन गर्दै आएका हरिहरले यसै टेलिभिजन मार्फत ‘द हरिहर अधिकारी शो’ ल्याउन लागेका हुन्।.

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस