सम्राटको ‘तामा पित्तल’ सार्वजनिक

१३चैत्र,काठमाडाैँ ।  गायक सम्राट चौलागाईँको गीत ‘तामा पित्तल’ सार्वजनिक भएको छ। गीत बिहिबार साँझ डि.सिरिजको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो।

गीतमा सम्राट चौलागाईँ र समिक्षा अधिकारीको स्वर रहेको छ। भने, गीतको लय तथा शब्द चौलालाईँ आफैले तयार परेका हुन।

पल शाह, दुर्गेश थापा, गरिमा शर्मा, गुराँस ढकाल लगायतको अभिनय रहेको छ। शिव विकले निर्देशन गरेको भिडियो अर्जुन तिवारीले खिचेका हुन्।

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस