सामुदायिक होमस्टेलाई भवन हस्तान्तरण

१२चैत्र, रोल्पा । भवन डिभिजन कार्यालय रोल्पाले गुरुङ गाउँमा निर्माण गरिदिएको गुरुङगाउँ बहुउद्देश्यीय सामुदायिक भवन तथा पार्कलाई रोल्पा नगरपालिकाले गुरुङगाउँ सामुदायिक होमस्टेलाई हस्तान्तरण गरेको छ ।

गुरुङगाउँ सामुदायिक होमस्टेको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले दुई वर्ष अघि भवन डिभिजन कार्यालय रोल्पाले करिब ३ करोडको लागतमा निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरेको भवन नगरपालिकाले सामुदायिक होमस्टेलाई हस्तान्तरण गरेको हो । सामुदायिक होमस्टेका अध्यक्ष हरिजंग गुरुङ र नगरपालिकाका मेयर पूर्ण केसीले सम्भौता पत्रमा हस्ताक्षर गरेका थिए ।

कार्याक्रममा पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महाराको प्रमुख आतिथ्यता रहेको थियो । नगरपालिकाले भवन निर्माणका लागि जग्गा दान गर्नेहरु दुर्गी घले, कल्लु घले, खडकबहादुर घले, रामु घले, कवरी घले, केवली घले र भिमा घलेलाई सम्मान पत्र दिएर सम्मान थियो । कार्यक्रममा स्थानीयहरुले गाजाबाजा सहित अतिथिहरुलाई स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस