
अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन्।
प्रियंकाले शुक्रबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुक र इस्टाग्रामममार्फत् आफू गर्भवती भएको बताएकी हुन्।
सामाजिक सञ्जालमा आफ्नो र श्रीमान आयुष्मान देशराज जोशीको फोटाे सेयर गर्दै प्रियंकाले लेख्छिन्, ‘अब तपाईहरु मलाई सोध्न छाड्नु भए हुन्छ, हो हामी गर्भवती छौं।’
केही समय अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती छन् कि भन्ने विषयमा चर्चा चलेको थियो।
प्रकाशित मिति : २०७७ चैत्र २१ गते शनिवार