जतासुकै कोरोना फैलियो र गजल लेखे
ज्यान जोखिम हुने भैदियो र गजल लेखे

गन्तव्य पुग्न खोजिरहेको म जस्ता यात्रुहरु
गन्तव्य नपुग्दै यात्री रोकियो र गजल लेखे

हिजो कसम खाएका युगल प्रणय जोडीहरु
कोरोना लाग्दा प्रणय अलगियो र गजल लेखे

आफू नमरि स्वर्ग देखिदैन भन्थे यथार्थ रहेछ
ज्यादा असत्य पढियो,सुनियो र गजल लेखे

कोरोनाबाट होसियार तर झुटो मनन् नफैलाउ
किनभने मनोबल कम्जोर थियो र गजल लेखे

ठेगानाःसुनछहरी गाउँपालिकाः६ फगाम,रोल्पा
हालःनवलपरासी