आमा बन्दै गरिमा

१वैशाख, काठमाडौँ । कुनै समय नेपाली चलचित्रमा राज गरेकी अभिनेत्री गरिमा पन्त लामो समयदेखि बेल्जियमा बस्दै आएकी छन्।

उनी व्यवसायी हरि शर्मासँग विवाह गरेर बेल्जियम गएकी हुन्।

यसबीच गरीमा अब आमा बन्ने भएकी छिन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा श्रीमान हरि शर्मासँग तस्बिर राख्दै उनले आफू आमा बन्न लागेको जानकारी दिएकी हुन्।

उनले लेखेकी छन्, सृस्‍टिबाट सृस्‍टिकर्ता जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश।

प्रकाशित मिति : २०७८ बैशाख १ गते बुधवार
प्रतिक्रिया दिनुहोस