
३वैशाख,काठमाडाैँ । अभिनेत्री ऋचा शर्मा आमा बन्ने भएकी छिन्।
केही वर्ष अघि व्ययसायी दिपेक्ष राणासँग वैवाहिक सम्बन्धमा बाँधिएकी ऋचाले आफ्नो सामाजिक सञ्जाल मार्फल आफू आमा बन्न लागेको जानकारी दिएकी हुन्।
उनले नयाँ वर्ष २०७८ को अवसरमा श्रीमानसँग एउता तस्वीर शेयर गर्दै भनेकी छन्, ‘आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाहा पाउँछस्। आज त्यही कुरा स्मरणमा आइरहेको छ।
एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरू पोख्न सकिरहेको छैन। आज आफ्नो धड्कन भन्दा कोही अरूको धड्कन म भित्र प्यारो आभास भइरहेको छ।’
प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार