स्पष्टीकरण दिन स्वास्थ्य मन्त्रालय पुगे डा. पुन

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन स्पष्टीकरण दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका छन् ।
मन्त्रालयले बोलाउँदा नआएको भन्दै पत्र काटेपछि उनी आइतबार मन्त्रालय हाजिर भएका छन्।
कोरोना भाइरस (कोभिड–१९) को उपचारमा खटिएका चिकित्सकहरूको मनोबल गिर्ने गरी डा.पुनलाई स्पष्टीकरण सोधिएको भन्दै धेरैले सरकारको आलोचना गरेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस