
काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनका कारण उपत्यकामा अलपत्र परेका रोल्पाका चार सय जनालाई आइतबार साँझ घरतर्फ पठाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अगुवाइमा भक्तपुरको जगाती क्षेत्रमा अलपत्र परेका चार सय जनालाई बस चढाएर घरतर्फ पठाइएको हो ।
विभिन्न जिल्लाबाट पैदल हिँडेर भक्तपुर आइपुगेका र भक्तपुरमै अलपत्र परेकाहरूलाई ८ वटा बसमा राखेर मन्त्री पुनले मजदुरलाई विदा गरेका हुन्।
प्रकाशित मिति : २०७७ बैशाख ७ गते आइतवार