
तिमी देखाउँछौँ मेरो आँखाको नानी छैन
लाग्छ उज्यालो हुने अब कुनै विहानी छैन ।
माथिको हिम पहिरोले उसको ज्यान लियो
खडेरी भयो यहाँ पिउनलाई पानी छैन।
ए जिन्दगी यतिसम्म भिखारी किन भएको?
यो रित्तो निधारमा लगाउने खरानी छैन।
बहूत समय खेर फालेझै लाग्छ अहिले
जब सकिएर मेरो आफ्नै जवानी छैन ।
थाहा छ अप्ठेरोमा मजाले हात छोडेकी हौँ
सहयात्रीको हात छोडेर हिड्ने बानी छैन ।
याे पनि पढ्नुहाेस् :
प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार