‘लभ डायरिज’ युट्युबमा

काठमाडौं – लकडाउनका बेला फिल्म ‘लभ डायरिज’ युट्युबमा रिलिज गरिएको छ । लकडाउनका बेला मनोरञ्जन दिन भन्दै बुढासुब्बा डिजिटलले बिहीवार फिल्म रिलिज गरेको हो ।
सौरभ चौधरी निर्देशित यो फिल्मले हलमा खासै राम्रो प्रतिक्रिया पाउन सकेको थिएन । फिल्ममा सुशील श्रेष्ठ, विश्वजीत रिमाल, रुविना थापा लगायतको शीर्ष भूमिका छ । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।
फिल्मलाई विनोद सापकोटाले निर्माण गरेका हुन् भने मधु बास्कोटाले लेखेका हुन् । यस्तै फिल्ममा सञ्जय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत तथा मिलन श्रेष्ठ र दीर्घ खड्काको सम्पादन छ ।

प्रकाशित मिति : २०७७ बैशाख १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस