१४वैशाख, काठमाडौं । चलचित्र ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक गरिएको छ ।
जेठ ६ गतेबाट प्रदर्शन हुने चलचित्रको ट्रेलरमा ब्यास, अकेशा र शिल्पाको प्रेममा आउने उतारचढाव र विदेशमा बस्ने नेपालीको लाइफस्टाइल देख्न सकिन्छ ।
त्रिकोणात्मक प्रेमकथा ‘लाइफ इन एलए’मा ब्यास बिस्सु, अकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्दि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकलगायत कलाकारको अभिनय छ ।
सूर्य एन श्रेष्ठ निर्देशित चलचित्रमा संसार सुवेदी कार्यकारी निर्माता छन् ।
अमेरिकाका विभिन्न राज्यमा प्रदर्शन भैसकेको चलचित्रमा भूपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन छ । कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ ।
प्रकाशित मिति : २०७९ बैशाख १४ गते बुधवार