रोल्पामा बम विस्फोट, ४ बालबालिकाको मृत्यु

१८ वैशाख । रोल्पाको त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा बम विस्फोटमा परी ४ बालबालिकाको मृत्यु भएको छ। बमको ठूलो आवाज आएपछि गाउँलेहरु हेर्न जाँदा बम विस्फोटमा परी ४ बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलिले जानकारी दिए ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका ७ का १४ वर्षीय नोखिराम डाँगी, ११ वर्षीया बिमला डाँगी, ५ वर्षीय विजय खत्री १३ वर्षीय गौरव नेपाली रहेको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए । प्रहरी घटनास्थलतर्फ जाँदै गरेकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएपी गुरुङले जानकारि दिए ।  सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाहरूले बाख्रा ग्वाला गएर फर्कने क्रममा भेट्टाएको र बम विस्फोट भएको हुन सक्ने प्रहरीले आशंका गरिएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस