कालिमाटीः सधैं भोट बैंक

१७वैशाख,रोल्पा । रोल्पा सदरमुकाम लिबामा पर्छ कालिमाटी गाउँ । व्रामण समुदायको वाहुल्यता रहेपनि सो गाउँमा क्षेत्री, सन्यासी र दलितहरुको पनि मिश्रित वसोवास रहेको छ । सदरमुकामसंगै सटेको र व्रामणहरुको वसोवास भएपनि सो गाउँ विकासमा वत्तीमुनीको अध्यारो जस्तै देखिएको छ ।

सो गाउँको विकास भनेको पंचायती व्यवस्थाको उत्तराद्र्धमा योजना पास भई २०४८ सालमा निर्माण गरिएको खानेपानी योजना मात्रै रहेको छ । स्थानीयहरु गाउँको विकास देखाउदा सोही खानेपानी योजना देखाउने गर्छन ।

निर्माण भएको तीन दशक पुरा भएकाले उक्त योजना जीर्ण वनेको छ । गाउँलेहरु पालो पहरा लगाएर खानेपानीको रेखदेख र संरक्षण गर्ने गर्दछन । योजना टुटफुट भए वा कतै विग्रीए मर्मत संभार र रेखदेखका लागि आफ्नो पालो अनुसार खटनपटनमा लाग्छन । प्रति महिना ३ जनाका दरले रेखदेख तथा मर्मत संभारको जिम्मा लगाएका छौ खानेपानी समितिका अध्यक्ष जीतकुमार शर्माले भने । रेखदेख नगर्ने हो भने खानेपानीको अर्को विकल्प छैन शर्माले भने ।

कहिले काँही सामान्य मर्मत गर्न नमिल्ने गरि विग्रीने गर्छ त्यस्तो वेला घण्टौ टाढा रहेका छिमेकी गाउँ पुगेर पानी खान्छौ शर्माले भ ने । गाउँदेखी झण्डै १२ किलोमिटर टाढावाट पानी ल्याएका कारण मुहानसम्म पुग्न दिनभर पैदल हिड्नुपर्छ शर्माले भने । आयोजना निकै जीर्ण भएपनि पुर्ननिर्माणका लागि कतैवाट सहयोग पाइएको छैन शर्माले भने ।

राप्रपाका नेता तथा तत्कालिन आवास तथा भौतिक योजना मन्त्री वालाराम घर्तीमगरको पहलमा निर्मित सो आयोजना वाहेक गाउँमा अन्य कुनै विकासका काम नभएको स्थानीयहरुको गुनासो छ । चुनावका वेला गुलिया आश्वासन लिएर आउछन चुनाव पछि फर्केर जाँदैनन स्थानीय कृष्णप्रसाद न्यौपानेले भने ।

हाम्रो इमान्दारीतालाई भजाएर खानेहरुले हामीलाई भोट वैंकको रुपमा मात्रै प्रयोग गरे न्यौपानेले भने । सदरमुकाका अन्य गाउँहरुमा करोडौका योजना पर्दा हामी सधै अपहेलित भयौं न्यौपानेले भने । कालिमाटीकै समकक्षी गाउँहरुमा नेताको पहुँच हुदा करोडौका योजना कार्यान्वयन भईरहेका छन न्यौपानेले भने ।

जिल्ला सदरमुकाम लिवाङसंग सटेको सो गाउँ समथर भूभाग रहेका कारण वस पार्क, खेलमैदान तथा अन्य भौतिक संरचना वनाउन सकिने भएपनि नेताहरुको नजरमा कहिल्यै नपर्दा विकासमा पछी परेको स्थानीयहरुको भनाई छ ।

निर्वाचनको वेला राष्ट्रिय स्तरको खेलमैदान वनाउने भन्दै केही वजेट विनियोजन गरे पनि निर्वाचन पछि चासो नदिएको स्थानीयहरुको गुनासो छ । केही नीजि जग्गा खरिद गरेर तथा ठूलो मात्रामा वन क्षेत्र मासेर खेलमैदान वनाउने भन्दै डोजर प्रयोग गर्दा लिवाङ वजार नै वाढीको जोखिममा परेको वताईन्छ ।

राणा,पंचायत, वहुदल, लोकतन्त्र हुदै गणतन्त्रसम्म आउदा भोट वैंक मात्रै भएको विकासमा कसैले नहेरेको स्थानीयहरुको गुनासो रहेको छ ।

न्युज बुटवल टुडे डटकमबाट

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस