१९ वैशाख, काठमाडौं । काठमाडौं । रोल्पामा ४ बालिकाको बम विस्फोटमा मृत्यु भएको घटनाप्रति ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सरकारसँग छानबिनको माग गरेका छन्। मन्त्री पुनले शोक वक्तव्य जारी गर्दै घटनाबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि आवश्यक कारबाही गर्न स्थानीय प्रशासनसँग समन्वय भइरहेको जानकारी दिएका छन्।
उनले घटनाबाट आफू मर्माहत भएको भन्दै विस्फोटमा ज्यान गुमाएकाका शोकाकुल परिवारमा समेवदना प्रकट गरेका छन् ।