
फाइल फाेटाे
१९वैशाख, रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकामा अक्सिजनसहितको १० वेडको आइसोलेशन कक्ष तयार गरिएको छ।
कोरोना महामारीलाई मध्यनजरमा राखी होलेरी प्राथमिक स्वास्थ्य केन्द्रको पुरानो भवनमा आइसोलेशन कक्ष तयार गरिएको हो।
कोरोना संक्रमितका लागि आइसोलेशन सेन्टर स्थापना गरिएको रुन्टीगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश बुढाले जानकारी दिए।
‘गाउँपालिकाका नागरिकहरुका लागि पनि आसोलेशन बनाएका हौँ’ उनले भने।
रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले सञ्चालनमा ल्याएको १० वेडको आइसोलेशनको शनिबार अनुगमन गरेका थिए। सो क्रममा उनले हालको अवस्थामा खटेर काम गर्ने स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मीको प्रशंसासमेत गरेका थिए।
प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार