एम्बुलेन्स सेवा प्रभावकारी बनाऊ

बिरामीलाई सहज रुपमा सेवा दिने उदेश्यले एमबुलेन्स गाडी खरिद गर्दा सरकारले कर छुट दिने गरेको छ । बिरामीको सेवाका लागि एम्बुलेन्सले दिन रात नभनी सेवा दिनुपर्छ भनिन्छ । तर, रोल्पाको गंगादेव गाउँपालिकामा बिरामीले दिउँसै फोन गर्दा पनि एम्बुलेन्स सेवा पाउन सकेका छैनन् । बिरामीलाई उपचारका लागि लैजानु पर्ने एम्बुलेन्सले, नुन तथा अन्य विभिन्न सामाग्री बोक्ने गरेको तस्वीर सार्वजनिक हुने गरेका छन् । जबकी एम्बुलेन्समा जुन सामाग्री बोकाइदैन् । तर, गंगादेव गाउँपालिकामा नुन एम्बुलेन्सले बोकेको तस्वीरहरु बेला बेलामा सार्वजनिक हुँदै आएका छन् । बिरामीले एम्बुलेन्स चालकलाई फोन गर्दा हाकीसाबले आउन दिनुहुँदैन भन्दै विरामीालाई जवाफ दिने गरेका छन् । अब कसरी जनताले एम्बुलेन्स सेवा पाउने त भन्ने बारेमा आमजनमासमा प्रश्न उब्जाएको छ ।

जनतालाई सेवा दिने भन्दै सरकारबाट कर छुट गराई भित्र्याइएको एम्बुलेन्सले जनतालाई सेवा भन्दा पनि सास्ती दिने गरेको देखिन्छ । किन भने गाउँमा एम्बुलेन्स नै नभएको भए बिरामीका आफ्न्तहरुले अरु कुनै उपायहरु खेज्न सक्थे । तर, गाउँमा एम्बुलेन्स भएपछि जनताहरु पनि गाउँघरको छिटो छरितो सेवा पाउने आशामा एम्बुलेन्सलाई बोलाउने गरेका छन् । तर, बिरामीका आफ्न्तले एम्बुलेन्सलाई बोलाउदा नआएपछि अरु नै उपायको खोजी गर्नुपर्ने बाध्यता आइलागेको छ । भने, सहज रुपमा एम्बुलेन्स सेवा नपाएपछि अरुनै उपायको खोजी गर्दा ढिलो हुने र बिरामी परेकाहरु झन गम्भीर बन्दै जाने देखिन्छ । बिरामीलाई बोक्नुपर्ने एम्बुलेन्सले अन्य सामग्री बोकेको खबर पनि आइरहेकै छन् । तर, बिरामीले फोन गर्दा एम्बुलेन्सले बिरामी बोक्न मानेका छैनन् । यस बारेमा जनप्रतिनिधिहरु पनि गम्भीर बन्न आश्यक छ ।

बिरामीले फोन गर्दा एम्बुलेन्सले बिरामीलाई बोक्न नगएको बारेमा छानविन हुन आवश्यक छ । कि त एम्म्बुलेन्स विग्रीएको भएपनि बिरामी नबोक्नुलाई स्वभाविक रुपमा लिन सक्न्छि । एम्बुलेन्स सञ्चालनका लागि प्रायः जस्तो ठाउँमा त समिति नै बनाइएको हुन्छ । यस्तो अवस्थामा एम्बुलेन्स विग्रीयो भन्नु पनि हाश्यस्पद हुने छ । तर, मेकानिकल सामग्री भएकाले विग्रीन पनि सक्छ । तर, त्यहाँ एम्बुलेन्सलाई फोन गर्दा चालकले आफु बाटोमा रहेको र केही समयपछि आइपुग्ने कुरा सुनाएका छन् । केही समयपछि आउछु भनेका चालकले अढाइ घण्टापछि हाकीम साबले नजानु भन्नु भएको छ, भनेका छन् । यहाँ गल्ती चालकको हो की हाकीमको मानवीय सेवामा लापरबाही गर्नेलाई निष्पक्ष छानविन भई कारवाही हुन जरुरी छ ।

बिरामीलाई सेवा दिने भन्दै सरकारबाट कर छुट गरेर ल्याइएका एम्बुलेन्सले किन बिरामी बोक्न मान्दैनन् त । बिरामी बोक्नुको साटो अन्य सामाग्री बोकेर हिड्ने एम्बुलेन्सले किन बिरामीलाई बोक्दै न त, कुरा गम्भीर छ । यसमा सम्बन्धित निकायले निष्पक्ष रुपमा छानविन गर्न आवश्यक छ । सरकारबाट जनताको सेवा दिने भन्दै जनताको नाम बेचेर ल्याइएका एम्बुलेन्स किन जनतालाई सेवा दिदैन त । यस बारेमा छानविन गरी जनतालाई जानकारी दिनपछि पर्नुहुँदैन् । गंगादेव गाउँपालिकाको मात्र नभई जिल्लाभरका एम्बुलेन्सहरुलाई कोरोना महामारीको यो घडीमा तमतयारी अवस्थामा राख्न आवश्यक रहेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस