पूर्वसभामुख महराद्वारा रोल्पाका पत्रकारलाई मास्क

२१ वैशाख,रोल्पा । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराले नेपाल पत्रकार महासंघ रोल्पालाई मास्क उपलब्ध गराएका छन् । विश्वव्यापरी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पूर्व सभामुख महराले २ सय ५० वटा सर्जिकल मास्क उपलब्त्र गराएको पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष देवि गरुङले बताइन् । उनले विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार र महासंघका पदाधिकारीहरुलाई उक्त सामग्री उपलब्त्र गराएका हुन् । जिल्लामा अहिलेसम्म कोरोना संक्रमित नभेटिए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित तरिकाले समाचार संकलन तथा सूचना सम्प्रेषण गर्न सुझाव महराले दिएका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस