थबाङ गाउँपालिकाकाे भवन शिलान्यास

१९वैशाख,राेल्पा। थबाङ गाउँपालिकाको प्रशासनिक भवन गाउँपालिका अध्यक्ष वीर बहादुर घर्ती र उपाध्यक्ष रामकिरणी रोकाद्वारा संयुक्त रुपमा शिलान्यास गरिएको छ।

गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा उपाध्यक्ष रामकिरणी रोका, मौसम रोका, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, स्थानिय बुद्धिजीवी  ग्रीस पुन, कर्मचारी, निर्माण व्यवसायी लगायतको उपस्तिथि रहेको रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष घर्तीले निर्माण व्यवसायी सङ्ग भएको काम सम्पन्न गर्ने समय भन्दा अगाडि नै काम सम्पन्न गर्न व्यवसायीलाई आग्रह गरेका थिए भने निर्माण व्यवसायीले समयमै गुणस्तरीय काम गर्नेमा पनि आफूले विस्वास लिएको बताए।

कार्यक्रमको संचालन गाउँपालिका प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथोकीले गरेका थिए।

न्यु ड्रागन  निर्माण कम्पनीसँग ४ करोड ५१ लाख २४ हजार ६ सय २१ रुपैयाँको कुल लागतमा निर्माणको लागि सम्झौता भएको छ।

प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार
प्रतिक्रिया दिनुहोस