
तस्बिरः नविन लाेचनमगर
२० वैशाख,रोल्पा। रोल्पामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बुधबार विहान ६ बजेदेखि निषेधाज्ञा हुने भएको छ ।
सोमबार बसेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को बैठकले वैशाख २२ गते बिहान ६ बजेदेखि जेठ ५ गते बुधबाबार राति १२बजेसम्म निषेधाज्ञा गर्ने निर्णय भएकाे छ ।
औषधि तथा स्वास्थ्य सेवासँग सम्बन्धित पसलहरु चौबिसै घण्टा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्न पाईने छ ।
बैठकले खाद्यवस्तु ग्यास, फलफूल ,तरकारी दूध, इन्धन र माछा मासुका पसल विहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजे देखि ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार