गायिका मिलन नेवारको ‘हास तिमी’मा सृजना र सन्तोषको अभिनय

फाईल फोटो

२१वैशाख,काठमाडौँ । गायिका मिलन नेवारको स्वर रहेको ‘हास तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।

गीतकार गीता गिरीको शब्द सृजना रहेको गीतमा विक्रम थापाको संगीत छ भने विसन मानन्धरको संगीत छ।

गीतको भिडियोमा सृजना निङ्लेखु र सन्तोष राईको अभिनय देख्न सकिन्छ। मोडल सन्तोष हेयर स्टाइलिस्टसमेत हुन्। बेलायतमा छायांकन गरिएको भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका हुन्।

भिडियोमा निर्देशक कुशलकै सम्पादन र छायांकन छ। निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्रसमेत छायांकन र सम्पादन गरेका छन्।

 

प्रकाशित मिति : २०७९ बैशाख २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस