सुनिलस्मृतिमा अक्सिजनसहितको आइसुलेशन सेन्टर

२६ वैशाख,रोल्पा । रोल्पामा कोरोना भाइरस संक्रमितको संख्या दैनिक जस्तो बढ्न थालेपछि सुनिलस्मृति गाउँपालिकाले अक्सिजन सहितको आइसुलेशन सेन्टर बताएको छ ।

त्रिपुरेश्वरी माध्यामिक विद्यालय खुंग्रीमा १५ वेडको अक्सिजन सहितको आइसुलेशन सेन्टर तयार गरेको हो ।

आइसुलेशन सेन्टरको आइतबार गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले उद्घाटन गरेका छन् ।

गाउँपालिकामा कोरोना संक्रमित देखिएमा संक्रमितको घर देखि आइसुलेसन सेन्टरसम्म निःशूल्क एम्वुलेन्स सेवा समेत व्यवस्था गरिएको अध्यक्ष घर्तीले बताएका छन् ।

आइसुलेशन सेन्टरमा आवश्यक पर्ने थप सामग्री मगाइएको र आवश्यकता सामग्रीहरुकाे अभाव हुन नदिन अध्यक्ष घर्तीले स्वास्थ्य शाखालाई निर्देशन गरेका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस