थप ८ हजार ८ सय ५० जनामा कोरोना पुष्टि

२२वैशाख, काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा ८ हजार ८५० जना कोरोना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ जनाको पीसीआर र ५०६ जनाको एन्टिजेन परीक्षण भएकोमा ८ हजार ८५० जनालाई संक्रमण पुष्टि भएको हो।

जसमध्ये ८ हजार ७७७ जनाको पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ७३ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस