भोजपुरी चलचित्रमा शिल्पा पोखरेल

२९वैशाख,काठमाडाैँ । नायिका शिल्पा पोखरेल भोजपुरी चलचित्रमा देखिन लागेकी छन्।

नायिका शिल्पाले अभिनय गरेको भोजपुरी चलचित्र ‘प्रेमगीत २’ ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक भएको ट्रेलरमा शिल्पाले भोजपुरी स्टार प्रदीप पाण्डेसँग स्क्रिन शेयर गरेकी छन्।

चलचित्रको छायांकन पोखरा आसपासमा भएको बताइएको छ। जसलाई सोनु खत्रीले निर्देशन गरेका छन्।

चलचित्रमा प्रदीप र शिल्पाका अलावा अमित शुक्ला, रम्भा सहानी, रोहित सिंह, सिपी भट्ट, रन्जितकुमार शर्मा, रोहित थापालगायतका कलाकारको पनि अभिनय छ।

प्रकाशित मिति : २०७८ बैशाख २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस