बाल साहित्य:

कविता: देशप्रेमी नेपाली

दुश्मनसँग लड्ने नेपाली हौँ हामी,
हामीलाई लाग्छ नेपाल धेरै नै दामी।
पापी ती नेताहरूले देश बेच्न खोज्छन्,
तर पनि नेपालीहरूले नेपाललाई नै रोज्छन्।

नेतालाई हामीले सबक सिकाउनुपर्छ,
नेपालप्रतिको माया सबै जनताले देखाउनुपर्छ।
हाम्रो देश नेपाल धेरै नै छ प्यारो,
नेपाल बेच्ने–किन्नेलाई पनि छ धेरै अँध्यारो।

नेपालमा हामीसँग धेरै धन छैन,
नेपाली जति सफा अरू देशका जनताको मन छैन।
पैसा त सबैसँग सधैँ रहिरहने छैन,
नेपाललाई पैसासँग साट्न मिल्दैन, यो कुनै सामान होइन।

राम्रो लाग्दैन हाम्रो नेपाललाई अमेरिका बनाउने,
कोसिस गर्नेछु म नेपाललाई नेपालमै बचाइराख्ने।
नेपाली जनताको आँसु जान दिने छैन त्यसै खेर,
नेपालमा हुन दिने छैनौँ अन्याय र अन्धेर।

आफ्नो ज्यान त्यागेर भए पनि हाम्रो देश बचाउनेछु,
नेपाली जनता रुँदा भन्दा बढी हसाउनेछु।
देशका लागि केही गर्न भगवानले दिनुभएको छ मौका,
यो मौका खेर फाल्ने छैन, लगाइदिनेछु छक्का।

“घर्तीमगर जलजला बोर्डिङ स्कुल, सुलिचौरमा कक्षा ७ मा अध्ययनरत छन्।”

प्रकाशित मिति : २०८३ बैशाख २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस